व्यक्तिगत आयकरमा राहत, व्यक्तिलाई पाँच लाख, विवाहितलाई छ लाख रुपियाँ कायम

Advertisement

काठमाडौं । सरकारले व्यक्तिगत आयकरमा केही राहत प्रदान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक बर्षको बजेट बजेट प्रस्तुत गर्दै कर सहुलित दिएको हो । 

जसअनुसार वार्षिक पाँच लाख रुपियाँ कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने भएको छ भने विवाहितको हकमा छ लाख रुपियाँ कायम भएको छ । 

Advertisement

यसबाट खासगरी मध्यमवर्गीय परिवारलाई केही राहत पुग्ने छ । निजी क्षेत्रले यस्तो सीमा अझै बढाउन माग गरे पनि ५० हजारले मात्रै घटाइएको हो । अब उनीहरुले १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्नु पर्ने छैन । तर सामाजिक सुरक्षा कोषमा आवद्ध भएको करदाता भए त्यो एक प्रतिशत पनि तिर्नुपर्ने छैन् । 

अहिले अविवाहित व्यक्तिको हकमा चार लाख रुपियाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्छ । दम्पत्तिको हकमा भने यस्तो करको सीमा चार लाख ५० हजार रहेको छ ।

Advertisement

Advertisement