विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादको मुद्दाको पेशी १२औं पटक सर्यो

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्वन्धी विवादाको मुद्दाको पेशी १२औं पटक सरेको छ । सर्वोच्च अदालतमा रहेको उक्त मुद्दा सोमबार १२औं पटक सरेको हो । 

प्राधिकरणका निवर्तन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णय गैरकानुनी रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गएको भदौ २ गतेबाट सुरु भएको पेशी श्रृखला कहिले टुंगिने हो ? कुनै टुंगो देखिन्न । जबकी सर्वोच्चले सुरुमा मिति यो मुद्दालाई पेशी नसर्नेगरी मिति तोकेको थियो  । 

Advertisement

Advertisement

Advertisement