बालेनले ३० हजार भोट कटाए ३० दिन काठमाडौं नबस्ने घोषणा गरेका पौडेल निगमबाट बर्खास्त

Advertisement

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले उनलाई बर्खास्त गरेको हो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चार बर्षका लागि नियुक्त गरेका पौडेललाई यसअघि पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । उनी भट्टराईका कार्यकर्ता पनि हुन् । 

Advertisement

उक्त मन्त्रालयमा प्रेम आले आएपछि राजीनामा गर्न आग्रह गर्दा पनि नटेरेपछि उनलाई मन्त्रालयमा तानिएका थियो । स्पष्टिकर(ा चित्त बुभ्दो नभएको भन्दै पौडेललाई हटाउने प्रस्ताव मन्त्री आलेले मन्त्रिपरिषदमा लगेका थिए ।

पौडेले स्थानीय निर्वाचनको मतगणनाका क्रममा बालेन शाहले ३० हजार मत घटाए आफू ३० दिन काठमाडौं नबस्ने घोषणा गरेका थिए । सामाजिक सञ्जालमार्फत गरिएको उक्त घोषणा बालेन विजयी भएपछि भाइरल भएको थियो । 
 

Advertisement

Advertisement