वाणिज्य बैंकहरुमा बीस अर्ब रुपियाँ थपियो निक्षेप, पाँच अर्बले बढ्यो कर्जा लगानी

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा जेठ महिना शुरु भएपछि कूल निक्षेप २० अर्बले बढ्दा कर्जा लगानी ५ अर्बले बढेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार गत साता (जेठ २० गते) सम्म कूल निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ९० अर्ब पुगेको छ । अघिल्लो साता जेठ १३ गतेसम्म कूल ४३ खर्ब ८३ अर्ब थियो । 

Advertisement

बैशाख मसान्तसम्म उक्त निक्षेप ४३ खर्ब ७० अर्ब थियो । 

यसैगरी गत साता (जेठ २० गते) सम्म कूल कर्जा लगानी २ अर्बले घटेर ४१ खर्ब ९६ अर्बमा झरेको छ । अघिल्लो साता जेठ १३ गतेसम्म कूल कर्जा लगानी ४१ खर्ब ९८ अर्ब थियो ।

बैशाख मसान्तसम्म उक्त कर्जा लगानी ४१ खर्ब ९१ अर्ब थियो ।    

Advertisement

Advertisement