वैकल्पिक शिक्षाको अध्ययन सीटीईभीटीले गर्न मिल्दैन्ः प्राडा श्रीकृष्ण गिरी

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्राडा श्रीकृष्ण गिरीले वैकल्पिक शिक्षाको अध्ययन प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम (सीटीईभीटी)ले गर्न नहुने बताएका छन् । 

बुधवार काठमाडौंमा आयोजना भएको वैकल्पिक चिकित्सा शिक्षाका अवसर र चुनौती विषयक अन्तरक्रिर्या कार्यक्रममा उनले पछिल्लो समय सीटीईभीटीले समेत वैकल्पिक चिकित्सा शिक्षाको नाममा अध्ययन गराउने काम हुन थालेकाले त्यस्तो गर्न नहुने बताए । 

Advertisement

गिरीले चिकित्सा शिक्षा अध्यापन गराउनको लागि चिकित्सा शिक्षा अध्यापन गराउन आवश्यक सबै प्रक्रिया पूरा गरेर मात्रै संस्था दर्ता गर्न पाउने व्यवस्था रहेको बताउँदै सीटीईभीटी वा कुनै अन्य संस्थाले चिकित्सा शिक्षा अध्यापन गराउने हो भने शुरुमा नै चिकित्सा शिक्षा पढाउनको लागि आवश्यक प्रक्रिया पूरा गरेर संस्था दर्ता गराउनु पर्ने बताए । 

उनले सीटीईभीटी भनेको मानिसहरुले आफ्नो तरिकाले स्किल बढाउनको राम्रो भए पनि चिकित्सा शिक्षाको लागू नहुने बताए । चिकित्सा शिक्षा आफै सिकेर आएर इन्जेक्सन दिन जानको छु भनेर नहुने गिरीको भनाई छ । 

गिरीले भने, ‘यदि मेडिकल इन्ष्टिच्युट बनाउने भए संस्था दर्ता हुनुपर्यो । त्यसपछि व्यक्ति दर्ता हुुनु पर्यो अभ्यासको लागि । तर अहिले शुरु भएका इन्ष्टिच्युटमा पाँच वर्ष चिकित्सा शिक्षाको संस्था हो की होइन ? चिकित्सा शिक्षाको संस्था होइन भने दर्ता पनि गर्नु परेन । यति उसले स्वास्थ्य सम्बन्धि पढाउने हो भने शुरुमा नै दर्ता गर्नु पर्छ । सुरुमा नै अनुमति चाहियो । त्यसमा के के कुरा आवश्यक पर्छ ? के के विषय पढाइहुन्छ ? पाठ्यक्रमको विकास कसरी हुन्छ ? सबै पार्टहरु पूरा भएपछि मात्रै चिकित्सा शिक्षाको पढाई सुरु हुन्छ ।’ 

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले सबै चिकित्सा शिक्षा प्रणालीलाई बराबरी महत्व दिएर विकास गर्ने योजना रहेको बताए । उनले पछिल्लो समय सीटीईभीटीमा चिकित्सा शिक्षा अध्यापन शुरु भएकाले चिकित्सा शिक्षा नयाँ मोडल जान सकिने कुरा आएको बताए । उनले स्टाफ नर्स र विएससी नर्सिङ पढ्न समेत दुई वटा छुटै अस्पताल आवश्यक रहेको बताए । पोखरेलले यस्तो पूराना नीतिगत व्यवस्थालाई समय अनुकुल परिर्वतन गर्दै लैजानु पर्ने बताए । 

Advertisement

Advertisement