नेपाल र अमेरिकाका आरोही सम्मिलित समूहद्धारा डेनाली हिमालको सफल आरोहण

Advertisement

काठमाडौँ। नेपाल र अमेरिका आरोही सम्मिलित समूहले अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली (६,१९० मिटर)को सफल आरोहण गरेको छ।

समूहले बिहीबार बिहान ५ बजेर ३० मिनेटमा उक्त हिमालको सफल गरी हिरक जयन्तीको झण्डालाई चुचुरोमा पुर्याएको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईंले जानकारी दिए ।

Advertisement

समूह सात जना नेपाली र एक अमेरिकी आरोही सहभागी थिए । यसअघि सगरमाथाको आरोहण गरिसकेका मार्क परेल्ला र कर्मा तेन्जिङको नेतृत्वमा विश्वका १४ अग्ला हिमालको आरोहण गर्ने प्रथम दक्षिण एशियाली आरोही मिङ्मा शेर्पा, १४ हिमालको आरोहण गरेका विश्व कीर्तिमानी आरोही छाङ दावा शेर्पा सहभागी रहेको गुरागाईंले बताए।

त्यस्तै, व्यवसायिक पर्वतीय पथप्रदशक तथा ४ पटक सगरमाथा आरोहण गरेका आरोही कर्मा ग्याल्जे शेर्पा, १७ पटक सगरमाथा आरोहण गरेका जाङ्बु शेर्पा र ९ पटक सगरमाथा आरोही पासाङ दावा शेर्पा पनि आरोहणमा सहभागी रहेका थिए ।

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वार्षिकोत्सव पुगेको अवसरमा पर्वतारोहण अभियान सञ्चालन गरी डेनालीको आरोहण गरिएको हो । 

अमेरिका–नेपाल फ्रेण्डसिप टिम नामक पर्वतारोहण अभियानको उद्देश्य क्यान्सरविरुद्ध जनचेतना जगाउने रहेको र यसको मुख्य नारा नै ‘क्यान्सरविरुद्ध आरोहण राखिएको कर्मा तेन्जिङले बताए ।

उक्त अभियान सुरु हुनुअघि नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख ग्यारेट ई. विल्करसनले आरोहण दललाई हिरक जयन्तीको झण्डा हस्तान्तरण गरेका थिए । उक्त झण्डा डेनालीको चुचुरोमा लैजानुअघि सेभेन समिटका निर्देशक पासाङ फुर्बा शेर्पाले सगरमाथाको शिखरमा पुराएका थिए ।

Advertisement

Advertisement