कुमारी बैंकका ग्राहकलाई सुप्रिम डेन्टल केयरको सेवामा १५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । कुमारी बैंक र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी डेबिट/क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, ओर्थोदोंतीक्समा १० प्रतिशत, पेदोदोंतिक्समा १५ प्रतिशत, प्रोसथोदोंतिक्समा १५ प्रतिशत, एण्डोदोंतिक्समा १५ प्रतिशत र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । 

Advertisement

यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ । 
 

Advertisement

Advertisement