महंगी ७.८७ प्रतिशतले बढ्यो, घ्यू तेलमा झण्डै २५ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको वैशाख महिनामा मूल्यवृद्धि बढेर ७.८७ प्रतिशत पुगेको छ । गत बर्ष सोही महिना ३.६५ प्रतिशत रहेको मूल्यवृद्धि अहिले दोब्बरभन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो १० महिनाको आर्थिक अवस्थामा देखाइएको हो । 

प्रतिवेदनअनुसार वैशाखा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.१३ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.४५ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा ध्यु तथा तेल २४.८६ प्रतिशतले, फलफूल १२.६१ प्रतिशतले, दुग्ध पदार्थ तथा अण्डा ११.३० प्रतिशत, दाल तथा गेडागुडी १०.५३ प्रतिशतले र  र सुर्तीजन्य पदार्थ ९.७० प्रतिशतले बढेको छ । 

Advertisement

त्यस्तै, यातायात २१.८१ प्रतिशतले, शिक्षा ११.६४ प्रतिशतले र मनोरञ्जन तथा संस्कृति ८.२१ प्रतिशतले बढेको छ । 

Advertisement

Advertisement