आकाशियो चिनीको भाउँ, प्रतिकिलो २० रुपियाँ वृद्धि

Advertisement

काठमाडौं । चिनीको मूल्य आकाशिएको छ । चिनीको मूल्य एकै पटक २० रुपियाँले वृद्धि गरेर ११० रुपियाँ पुर्याइएको छ । यसअघि चिनीको मूल्य ९० रुपियाँ थियो ।  

भारतबाट आयात रोक्किएको मौका छोपेर चिनी उत्पादकहरुले चिनी लुकाएका कारण बजारमा अभाव देखिएको हो । तरल अवस्थाको मौका छोपेर व्यापारीहरुले एक्कासी चिनीको भाउँमा मनपरी वृद्धि गरेको उपभोक्ता अधिकारवादीहरुको आरोप छ । 

Advertisement

नेपाल खुद्रा व्यापार संघले चिनीको खुद्रा मूल्य ९० रुपियाँबाट बढेर ११० रुपियाँ पुगेको जनाएको छ । भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै सरकारी स्वामित्वका संस्थानहरुले चिनी आयात गर्न नसकेको अवस्थामा मुल्य बढेको हो । यसको मार उपभोक्तामाथि परेको छ । 

Advertisement

Advertisement