ल्होत्से हिमालको आरोहणपछि सिल्भिया बनिन् पहिलो बुल्गेरियन

बुल्गेरियन सिल्भिया एज्ड्रिभाले गरिन सगरमाथा र ल्होत्सेको सफल आरोहण

Advertisement

काठमाडौं । सिल्भिया एज्ड्रिभा विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पुग्ने दोस्रो बुल्गेरियन महिला बनेकी छन् । उनले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा सगरमाथाको सर्वोच्च शिखरमा पाइला टेकेकी हुन् । 

सगरमाथाको आरोहणपछि सिल्भियाले ल्होत्सेको पनि सफल आरोहण गरी सो हिमाल चढ्ने पहिलो बुल्गेरियन बनेकी छन् ।

Advertisement

एज्ड्रिभाले मे १५ तारिखका दिन बिहान ५ बजेर ४५ मिनेटमा सगरमाथाको आरोहण गरेको एलिट एक्स्पेड कम्पनीका प्रबन्धक राईले जानकारी दिए । सिल्भियाले सगरमाथाको सफल आरोहण गरेको २७ घण्टापछि विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको आरोहण गरेकी हुन् । 

सगरमाथा र ल्होत्सेको सफल आरोहण गरी फर्किएकी सिल्भियाले भनिन्, ‘म समिटमा पुग्नुअघि एकदमै उत्साहित थिएँ । मैले सगरमाथाको समिट प्वाइन्ट एकदमै नजिकबाट देख्न पाएको तर समिट प्वाइन्ट पुगेपछि अक्सिजनको, मौसम र टार्फिकको कारण त्यहाँ धेरै लामो समयसम्म बस्न नमिल्ने रहेछ।’

उनले थपिन, ‘म जब सगरमाथाको चुचुरोमा पुगे, त्यहाँ उभिएको मैले आफैले पत्याउन सकिन । यति छोटो अवधिमा तिमीले महशुस गर्न सक्दैनौ । तर मैले त्यहाँ एक्दम राम्रो महशुस गरें । मैले शिखरमा मेरो वरिपरि हिमालयहरू मात्र देखे र मैले आफैले देखेको कुरालाई विश्वास गर्न सकिरहेको थिइन् । 

एज्ड्रिभाले आफूले सगरमाथा र ल्होत्सेको सफल आरोहण गरी बुल्गेरियाली पर्वतारोहीले हिमाल आरोहण गर्न सफल भएकोमा गर्व महशुस भएको कपोरेट नेपाललाई सुनाइन्। 

यसअघि उनले सन् २०२१ को नोभेम्बर ११ तारिखका दिन अमादब्लम हिमालको सफल आरोहण गरी बुल्गेरियाको सबै भन्दा कम उमेरमा अमादब्लम हिमाल आरोहण गर्ने बुल्गेरियन बनेकी थिइन्। 

Advertisement

Advertisement