सनराइज बैंकद्वारा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर संचालन

Advertisement

काठमाडौँ । सनराइज बैंकले गत शनिबार काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ । 

जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरेको हो । सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सरबारे सचेतना दिइएको थियो । साथै शिविरमा आउनेहरुको निःशुल्क रक्तचाप, मधुमेह परीक्षण सेवा समेत दिइएको थियो । 

Advertisement

बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाखसम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । 

साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु. १०,००० सम्म र अस्पताल भर्ना र ओपीडी खर्च गरी रु १ लाखसम्म बीमा बापतको रकम  समेत दिंदै आएको जनाएको छ । 

Advertisement

Advertisement