सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा १५ अर्ब ७३ करोड खर्च

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०७९ बैशाख मसान्तसम्म १५ अर्ब ७३ करोड ४१ लाख ६८ हजार रुपियाँ सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान दिएको छ । 

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधनसहित) अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरिसकेका छन् । राष्ट्र बैंकका अनुसार कूल १ लाख ४६ हजार ३ सय ८२ जनाले २ खर्ब ५६ अर्ब ३६ करोड ९९ लाख रुपियाँ ऋण लिएका छन् । 

Advertisement

व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ( बिना धितो/धितोसहितको), शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट दिइने तालिम र युवावर्ग स्वरोजगार कर्जामा ब्याज अनुदान दिने गरिएको छ । 

सबैभन्दा बढी ६० हजार १ सय ६३ जनालाई  व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा कर्जा प्रवाह भएको छ । यसरी कर्जा लिनेमा बिना धितो ५ हजार ९ सय १८ जना र धितोसहितको कर्जा ५४ हजार २ सय ४५ जनाले दिएका छन् ।

प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिममा २ जना र युवा वर्ग स्वरोजगार कर्जा २७ जनाले लिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

 
 
 

Advertisement

Advertisement