एनएमबि बैकद्वारा कृषकलाई वित्तीय साक्षरता तालिम

Advertisement

काठमाडौं । एनएमबि बैंकले लालबन्दी (सर्लाही)का तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । तालिममा तरकारी उत्पादक समूहका करिब एक सय ५० जना कृषकहरुको उपस्थिति रहेको थियो । 

बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित तालिममा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसंग अन्तक्र्रिया गरी जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो । उक्त तालिम कार्यक्रमले त्यहाँका किसानहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ पुग्ने र समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ । कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दी शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए ।

Advertisement

सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । त्यस क्षेत्रका करिब १५ सय किसानहरु प्रत्यक्ष रुपमा व्यवसायिक तरकारी खेतीमा लागेका छन । त्यहाँ उत्पादित तरकारीहरु नेपालका काठमाडौं, पोखरा, बिराटनगर, नारायणगढलगायत विभिन्न सहरहरुमा पुग्छ ।

एनएमबि बैंकले हाल देशभरी दुई सय एक शाखाहरु, एक सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आएको छ । एनएमबि बैंक दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट ‘बैंक अफ दि इयर एसिया २०२१’ बैंकको उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरिसकेको छ ।  

Advertisement

Advertisement