चार जना बदमास पात्रको कथामा आधारित ‘सिल्ली फो’ असार ३१ मा सार्वजनिक

Advertisement

काठमाडौं । चार जना बदमास पात्रको कथामा आधारित नेपाली चलचित्र असार ३१ गते सार्वजनिक हुने भएको छ । आइतवार आयोजित पत्रकार भेटघाटमा यसबारे जानकारी गराइएको हो । 

कमेडी विधामा निर्मित फिल्ममा नायिका केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकार छन् । राजबहादुर साने निर्देशित फिल्ममा आफ्नो भूमिका स्ट्रगल कलाकारको रुपमा रहेको नायिका अधिकारीले बताइन् । 

Advertisement

आफूले गरेकै अनुभवलाई फिल्ममा अभिनय गर्न सहज भएको बताइन् । त्यस्तै कार्यक्रममा कलाकार रविन्द्र झाले फिल्म खेल्दा नै रमाइलो लागेको प्रतिक्रिया दिए । उनले कथामा ४ सिल्ली को रहेछन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए । त्यस्तै वरिष्ठ कलाकार राजाराम पौडेलले फिल्मको अभिनय गर्दा रमाइलो अनुभव भएको बताए । 

फिल्म नेपालगञ्ज आसपासका स्थानमा छायांकन गरिएको हो । फिल्ममा केकीबाहेक धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायतका कलाकारको अभिनय छ । 

यही फिल्मबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईंले अभिनयमा डेब्यु गर्दैछन् । ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् भने विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेका छन् । फिल्ममा रवी केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायाङ्कन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।

Advertisement

Advertisement