लक्की ग्रुपद्वारा काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई एक करोड बढी सहयोग हस्तान्तरण

Advertisement

काठमाडौँ । उद्योग, व्यापार व्यवसाय, बैंकिङ, बीमा, पूर्वाधार विकास लगायतका कम्पनीहरुको नेतृत्व गर्ने लक्की ग्रुपले काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई एक करोड, ११ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेको छ । 

बालबच्चाहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले डा. भगवान कोइरालाको नेतृत्वमा स्थापित उक्त संस्थालाई सोमबार ग्रुपका तर्फबाट सहयोग रकम हस्तान्तरण गरिएको हो । 

Advertisement

ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्ष श्रवणकुमार मोर तथा राजकुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर तथा डाइरेक्टरहरु अनन्ता मोर र राजिब मोरको उपस्थितिमा डा. कोइरालालाई उक्त चेक हस्तान्तरण गरिएको हो । 

तत्कालीन समयमा व्यवसायिक जगतका परिचित व्यक्तित्व स्वर्गिय मुरलीधर अग्रवालका सन्ततीहरुद्वारा प्रबद्र्धित विभिन्न व्यवासायको नेतृत्व गर्ने गरी लक्की ग्रुप स्थापना भई क्रियाशील रहेको छ । 

यसै ग्रुप अन्तरगत २५ वर्षदेखि गणपति बनस्पती प्रालि पनि सञ्चालनमा छ । विभिन्न कालखण्डमा उक्त कम्पनीले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।   
 

Advertisement

Advertisement