स्वास्थ्य बीमा कम्पनीमार्फत अघि बढाउने बजेटको घोषणा सच्याउने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा सच्याउने प्रतिवद्धता जनाएका छन् । 

बुधवार संसदमा उनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा आएको स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका हुन् । 

Advertisement

खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अघि आफू अगाडि बढ्ने बताए । निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरुबाट ७० थरी बाड्ने गरिएकोमा अब ९८ थरिका औषधि बाड्न थालिएको भन्दै उनले स्वास्थ्य बीमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको बताए । 

उनले भने, ‘स्वास्थ्य बीमामा कम्पनी लेखि सकिएको भन्ने कुराहरु आयो । त्यसको जिम्मा कसले लिन्छ भनेर त्यसमा मंसिरसम्म यही हुन्छौं होला ? अर्थमन्त्रीको नियतमा भोली संसदमा उभिनुहुन्छ सोध्नु होला । म लागू गर्दिन । अहिले स्वास्थ्य ऐनले जे भनेको छ । त्यो उदेश्यले गरिएको हो । त्यही अन्तर्गत जान्छु । अर्थमन्त्रीले होइन भनिसक्नु भयो । यो मैले भनेको कुरा झुटो प्रमाणित भयो भने मंसिरसम्म हामी यहि हुन्छौं । त्यो बेलामा फेरि सोध्नु होला । निःशुल्क औषधि स्वास्थ्य केन्द्रहरुबाट ७० थरी बाड्ने गरिएको थियो । अहिले ९८ थरिका औषधि बाड्न थालिएको छ । स्वास्थ्य बीमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको छ ।’

मन्त्री खतिवडाले २४ लाख हराएको खोप मन्त्रालयको वेभसाइटमा हेरेर खोज्न आग्रह गरे । उनले खोपको खोजीका लागि मन्त्रालयको वेभसाइट हेर्न सांसदहरुलाई आग्रह गरे । खतिवडाले नेपालमा विभिन्न देशबाट आएका खोपहरु काठमाडौंमा नै कुन मितिमा आएको, काठमाडौंबाट कुन प्रदेशमा कति गएको वेभसाइटमा उल्लेख गरिएको भन्दै नेपालमा पाँच करोड ३३ लाख खोप आएकोमा चार करोड ८७ लाख प्रयोग भइसकेको बताए । 

Advertisement

Advertisement