‘बजेटले सिमेन्ट निर्यातमा दिएको प्रोत्साहन र छुटले १५० अर्बको सिमेन्ट निर्यात हुनसक्छ’

Advertisement

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सरकारले आउँदो आर्थिक बर्षका लागि ल्याएको बजेटमा सिमेन्ट निर्यातमा दिएको नगद प्रोत्साहन र विद्युत महशुलमा दिएको छुटले एक खर्ब ५० अर्बको सिमेन्ट निर्यातको संभावना रहेको बताएको छ । 

संघले विज्ञप्ति जारी गरी बजेटको स्वागत गरेको हो । संसदमा विपक्षीले केही उद्योगलाई मात्रै फाइदा हुनेगरी अर्थमन्त्री जनार्दन शर्माले बदनियतपूर्ण तरिकाले छुट सुविधा दिएको आरोप लगाउँदै आएको बेला सिमेन्ट उद्योगीहरुले बजेटप्रति खुशी प्रकट गरेका हुन् । संघले बजेटका व्यवस्था यथासिघ्र कार्यान्वयन गर्न पनि माग गरेको छ । 

Advertisement

संघको विज्ञप्ति
नेपाल सरकारवाट प्रस्तुत गरिएको आ.व. २०७९–८० को वजेटवाट स्वदेशमा स्थापित सिमेन्ट÷ क्लिङ्कर उत्पादन गर्ने उद्योगहरु संरक्षण तथा सम्वद्र्धन गर्न र देशको व्यापारघाटा कम गर्न निकाशीमा नगद प्रोत्साहन र उद्योगहरुले उपभोग गर्ने विद्युत महशुलमा छुट दिइएको व्यवस्थाको स्वागत गर्दै यस संघ नेपाल सरकार अर्थ मन्त्रालय, माननीय अर्थमन्त्रीज्यू, माननीय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रीज्यू, श्रीमान सचिवज्यूहरु लगायतमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
 
प्रस्तुत वजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च संभावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरुको हितमा रहेको व्यहोरा अवगत गराउँदछौं । यसवाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुुनुका साथै यी उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा रु. १५० अर्बभन्दा बढि रकमको निकासी गर्ने सम्भावना रहेको छ । यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चिती गर्नमा उल्लेखनीय सहयोग पुग्ने व्यहोरा अवगत गराउँदछौं ।

साथै यस बजेटवाट देशको औद्योगिक क्षेत्रको विकास गर्न एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको वार्षिक १० करोड भन्दा बढि रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था समेतको हार्दिक स्वागत गर्दै यस व्यवस्थाबाट देशको औद्योगिकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने विश्वास हामीले लिएका छौं ।

आ.व. २०७९–८० को यस वजेटले गरेको उपरोक्त व्यवस्थाहरु सिघ्रातिसिघ्र कार्यान्वयनमा ल्याउनका लागी यस संघ सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दै नेपाल सरकारमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 

मिति २०७९–०३–०१

Advertisement

Advertisement