कीर्तिमानी पर्वतारोही सानु शेर्पाले अर्को कीर्तिमान बनाउ दोस्रो पटक गसेरब्रुम–२ चढ्दै

Advertisement

काठमाडौं। कीर्तिमानी पर्वतारोही सानु शेर्पाले अर्को कीर्तिमान पाकिस्तानको गसेरब्रुम–२ हिमालको दोस्रो पटक आरोहणका लागि पाकिस्तानमा प्रस्थान गरेका छन् । गसेरब्रुम–२ हिमाललाई के फोर पनि भनिन्छ जुन समुद्र सतहबाट ८,०३२ मिटर अग्लो तथा विश्वको १३औं अग्लो हिमाल हो ।

शेर्पाले मकालुसहित विश्वका १४ मध्ये १३ वटा अग्ला हिमाल दुई पटक चढेर कीर्तिमान बनाउन सफल भएका हुन् । उनले १४ वटै अग्ला हिमालहरु दुई पटक आरोहण गर्ने लक्ष्य लिएका छन् । सोही क्रममा उनी अहिले पाकिस्तान पुगेका छन् ।

Advertisement

शेर्पाले गसेरब्रुम–२ को आरोहण सम्पन्न गरेपछि विश्वमै दोहोर्याएर १४ वटा अग्ला हिमाल चढ्ने पहिलो व्यक्तिको रुपमा नाम लेखाउन सक्षम हुनेछन् ।

Advertisement

Advertisement