चेम्बर एक्स्पो सुरु भयो, साना उद्योगको संरक्षण नगरी देश आत्मनिर्भर हुन्नः देउवा

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थ तथा सीपमा आधारित उत्पादन प्रवर्द्धन गर्न व्यापार मेलाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

बिहबिारबाट सुरु भएको चेम्बर एक्स्पो उद्घाटनका क्रममा उनले यस्ता मेलाले नेपालको निर्यात व्यापारमा टेवा पुग्ने बताएका हुन् । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको एक्स्पो पाँच दिनसम्म चल्नेछ । 

Advertisement

कार्यक्रममा देउवाले देशलाई आत्मनिर्भर बनाउन साना तथा मझौला उद्यमीहरुको संरक्षण गर्न जरुरी रहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन यस्ता एक्स्पोहरु निरन्तर भइरहनु आवश्यक रहेको बताए । 

नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले यस प्रकारका एक्स्पोले दुई देशहरुबीच व्यापार अभिवृद्धि गर्नुका साथै क्षेत्रीय सहयोग प्रवर्द्धनमा समेत मद्दत पुग्ने बताए ।  एक्स्पोमा करिब ५० वटा स्टलहरुमार्फत बंगलादेशले प्रोसेस्ड फुड, छालाका सामग्री, गार्मेन्ट, सेरामिक्स, हस्तकला आदि उत्पादनहरु राखेको छ । 

नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बढ्दो व्यापार घाटा नेपालको निम्ति एक ठूलो चुनौती भएको बताए । उनले निर्यात प्रवर्द्धनका निम्ति निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने बताए ।  

विप्रेषणमा मात्र आधारित अर्थतन्त्र दीगो हुन नसक्ने हुनाले प्रतिस्थापक क्षमता र तुलनात्मक लाभ भएका जलविद्युत, पर्यटन तथा सूचना प्रविधि क्षेत्रको विकासका निम्ति स्वदेशी तथा विदेशी लगानी भित्राउनु जरुरी रहेको मल्लको भनाई छ ।  

Advertisement

Advertisement