महालक्ष्मी विकास बैंकका ग्राहकले रिगल हेटौंडा रिसोर्टमा छुट पाउने

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले  रिगल हेटौंडा रिसोर्टमा छुट पाउँने भएका छन् । सोही छुट सम्बन्धि महालक्ष्मी विकास बैंक र रिगल हेटौडा रिर्सोटले सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरेका हुन् ।

सोही सम्झौता अनुसार नै बैंकका डेबिट कार्ड र क्युआर कोड प्रायोगकर्ताले महालक्ष्मी मोवाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा विभिन्न छुट पाउँने छन् । पछिल्लो समय बैंकका ग्राहकहरु ६ लाख भन्दा धेरै रहेका छन् भने ग्राहककहरुलाई बैंकले १ सय ३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गरि रहेको छ ।

Advertisement

हाल प्रदेश नं १ मा ५ वटा, प्रदेश नं २ मा १५ वटा, बाग्मती प्रदेशमा ३७ वटा, गण्डकी प्रदेशमा ९ वटा, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा २ वटा र सुदुरपश्मि प्रदेशमा १७ वटा शाखबाट महालक्ष्मी विकास बैंकले बैंकिङ् सेवा प्रवाह गर्दै आएको छ ।  

Advertisement

Advertisement