एक अर्ब दुई करोड रुपियाँ बराबरको सेतो हेरोईनसहति सात जना महिला पक्राउ

Advertisement

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले एक अर्ब दुई करोड रुपियाँ बराबरको सेतो हेरोईनसहित सात जना महिलालाई पक्राउ गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोईनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ गरेको हो । 

पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उद्देश्यले नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरुलाई पक्राउ गरेको बताए । उनले विगतमा पनि लागु औषध कारोबारीहरु पक्राउ गरिएको आधारमा निगरानी राख्दै जादाँ ५१ केजी हेरोईन फेला परेको बताए । 

Advertisement

श्रेष्ठले बरामत गरिएको ५१ केजी हेरोइन अहिलको बजार मूल्य अनुसार एक अर्ब दुई करोड रुपियाँ बराबार हुन आउने स्पष्ट पारे । उनले पक्राउ परेका सातैजना दक्षिण अफ्रिकाका महिला नागरिक रहेको बताए । श्रेष्ठका अनुसार उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । 

प्रमुख श्रेष्ठले प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभूवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिन भित्रमा नियन्त्रणमा लिएको बताए । उनले आइतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका मुरिल नसाम्बा र थान डेकीलेको बयानका आधारमा थप ८ किलो कोकिनसँगै दक्षिण अफ्रिकन महिला थभोनी थाबालाला पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुमध्ये दुईजना नेपाल आउजाउ गरिरहने गरेको र पाँच जना पहिलोपटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको उनले  बताए । 

Advertisement

Advertisement