एभरेष्ट–हिमालयन मर्जरपछि सीईओ विजयबहादुर शाह

Advertisement

काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि बन्ने नयाँ बीमा कम्पनीको सीईओ विजयबहादुर शाह हुने भएका छन् । उनी अहिले हिमालयनका सीईओ छन् भने एभरेष्टमा कमल गौतम छन् । 

बीमा समितिले एभरेष्ट र हिमालयन मर्जर भएर बन्ने एभरेष्ट हिमालयन कम्पनीको सीईओमा शाह हुने बताएको हो । उनी यसअघि नेपाल इन्स्योरेन्स कम्पनीका सीईओ थिए । उक्त कम्पनीमा दुई कार्यकाल बिताएका उनले बीमा क्षेत्रमा हुन लागेको विग मर्जरपछि बन्ने नयाँ कम्पनीको सीईओ हुने अवसर प्राप्त गर्न लागेका हुन् । 

Advertisement

शाहलाई सीईओ बनाउन कम्पनीको संचालक समितिले सैद्धान्तिक सहमति दिएसकेको छ । बीमा समितिले पनि सोही सहमति आफू कहाँ आएको र स्वीकृत हुन बाँकी रहेको बताएको छ । 

यता एभरेष्ट इन्स्योरेन्सका सीईओ कमल गौतमले पनि आफूले सीईओ पदका लागि नै दाबी गरेको बताएका थिए । उनीसँग पनि बीमा क्षेत्रमा काम गरेको लामै अनुभव छ ।

बीमा कम्पनीहरु मर्जरमा जाने भनेसँगै तल्लो तहका कर्मचारीदेखि सीईओसम्मको जिम्मेवारी हेरफेर हुने भएको हो ।

Advertisement

Advertisement