बालेनले आज कस्तो ल्याउलान काठमाडौंको नीति तथा कार्यक्रम ?

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइतबार आफ्नो महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । 

स्वतन्त्ररुपमा काठमाडौंका निर्वाचित भएकाले धेरै आशा गरेका व्यक्ति भएकाले बालेनले आउँदो आर्थिक बर्षका लागि ल्याउने नीति तथा कार्यक्रम र बजेटले रोचकताका साथ हेरिएको छ । आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । काठमाडौं महानगरपालिकाले असार १० गते आउँदो आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दैछ । 

Advertisement

राजनीति दलहरुले जरा गाडेको काठमाडौंमा स्वतन्त्ररुपमा विजयी बालेनलाई काम गर्न सहज नभए पनि ठूलो जनसमर्थन उनको पक्षमा रहेकाले दलका प्रतिनिधिहरु बाध्य भएर उनलाई समर्थन गरेको देखिएको छ । तर उनले भने आफू स्वतन्त्र भएकाले नै काम गर्न आफूहरुलाई सहज हुने बताउँदै आएका छन् । 

नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बिहान महानगरको कार्यपालिकाको बैठक बसेको थियो । तर आजको बैठक भने लाइभ गरिएन् । 

Advertisement

Advertisement