छिरिङ शेर्पा, परमिता राणा, प्रीति आलेको जोडी ‘डान्सिङ स्टार्स नेपाल’को फाइनलमा

Advertisement

काठमाडौं । असार १४ गते ‘डान्सिङ स्टार्स नेपाल’ रियालिटी शोको ग्रान्ड फिनालेमा ३ प्रतिस्पर्धी जोडी प्रवेश गरेका छन् । यस कार्यक्रममा छिरिङ शेर्पा, परमिता राणा, प्रीति आलेको जोडी फाइनलमा पुग्न सफल भएका छन् ।

शनिबार राति भएको सेमिफाइनलबाट अमर दाहाल–अमृत दाहाल र केविका खत्रीको जोडी बाहिरिएको छ । छरिङ र कोरियोग्राफर सरोज, प्रीति आल र शेखर गर्ती मगर, परमिता राणा र जेडी तमु प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

Advertisement

शोको निर्णायकमा गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई रहेका छन् । फाइनलमा दर्शकको भोट नै शतप्रतिशत मान्य हुने बताइएको छ । निर्णायकहरुले फाइनलका लागि आफ्नो निर्णय दिन नसक्ने बताइएको छ ।

Advertisement

Advertisement