Advertisement

Advertisement

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक  र हेटौडा-११ स्थित कालिज गार्डेन इको रिसोर्ट बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकको डेबिट कार्ड, क्युआर कोड मार्फत मोबाइल बैंकिङबाट भुक्तानी गर्ने ग्राहकले विभिन्न छुट सुविधा पाउने भएका हुन् ।

उक्त सुविधाले ग्राहकहरुलाई थप सहज हुने बैंकको विश्वास छ । अहिले बैंकले डिजिटल सेवालाई पनि प्राथमिकता दिइरहेको छ । अहिले बैंकले विभिन्न प्रदेशमा कुल १ सय ३ वटा शाखामार्फत  ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा दिइरहेको छ । 

Advertisement

Advertisement

Advertisement

Advertisement