विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अनिवार्य दुई पाइलट

Advertisement

काठमाडौं । सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाई उडानमा दुई जना हेलिकप्टर पाइलट राख्नुपर्ने व्यवस्था नेपाल नागरिक उडुडयन प्राधिकरणले अनिवार्य गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको सवारीमा अनिवार्य दुई जना पाइलट रहनुपर्ने निर्णय गरेको हो छ ।

Advertisement

त्यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोकेबमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ । हाल नेपालमा १० वटा निजी र सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन् । प्राधिकरणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ । 

हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ । त्यस्तै हेलिकप्टरले पनि यही ७ गतेदेखि तोकिएका काठमाडौँ बाहिरका विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने भएको छ ।

Advertisement

Advertisement