आइएमई जनरलका ग्राहकहरुलाई स्टीम सेन्टरमा १५ प्रतिशतसम्म छुट दिइने

Advertisement

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स र स्टीम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टीम सेन्टरका अध्यक्ष डा. बजरंगकुमार रौनियारले हस्ताक्षर गरेका छन् । 

Advertisement

यस सम्झौता पश्चात आइएमई जनरलका कर्मचारी तथा ग्राहकहरुलाई स्टीम सेन्टर बत्तीसपुतली, काठमाडौँमा प्राप्त हुने सेवाहरु जस्तैः प्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फर्मा, डेन्टल लगायतका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । 

Advertisement

Advertisement