सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको महासचिवमा डा. सितलकाजी श्रेष्ठ

Advertisement

काठमाडौँ । सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको महासचिवमा डा. सितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् ।

नेपाल भेटेरिनरी एसोसियसनको १४ औँ राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको पहिलो बैठकबाट एसोसियसनमा महासचिवमा श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

Advertisement

उनी नेपाल भेटेरिनरी एसोसियसनको वर्तमान अध्यक्ष पनि हुन् । त्यस्तै भारतीय भेटेरिनरी एसोसियसनका अध्यक्ष सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको अध्यक्षमा चयन भएका छन् ।

शनिबार भएको बैठकमा सार्क राष्ट्रहरूमा भएको संगठनहरूको प्रतिनिधित्व थियो । सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको पहिलो बैठकले सचिवालय नेपालमा राख्ने निर्णय गरेको छ ।

नेपाल भेटेरिनरी एसोसियसनको उक्त १४ औँ राष्ट्रिय सम्मेलनमा भएको उक्त बैठकमा सार्कको पशु तर्फको डाइरेक्टर जमाल उद्दीनको पनि उपस्थिति रहेको थियो ।

पोखरामा भएको सम्मेलनमा पाँच सय भेटेनरी चिकित्सकहरूको उपस्थिति रहेको थियो । त्यस्तै सम्मेलनमा ७० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

Advertisement

Advertisement