मन्त्री आलेको अश्लील गाली खाएका नेपाल वायुसेवा निगमका अध्यक्ष निलम्बित

Advertisement

काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अश्लिल गाली खाएका अधिकारीलाई आज मन्त्रिपरिषदले निलम्बन गरेको हो । अधिकारीलाई मन्त्री आलेकै पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालको सिफारिसमा अध्यक्ष नियुक्ति गरिएको थियो । 

Advertisement

नियुक्त गर्ने क्रममा खनालले अधिकारीसँग ७० लाख रुपियाँ कमिशन बुझाउने शर्त राखेको समाचारसमेत आएको थियो । मन्त्री आलेसँग सम्वन्ध बिग्रिएसँगै उनलाई निलम्बन गरिएको छ । निलम्बनको खास कारण मन्त्रीसँगको टेलिफोन वार्ताको अडियो सार्वजनिक गरिएको कारणहुनसक्ने अडकल गरिएको छ । अडियोमा आलेले अधिकारीलाई तथानामरुपमा अश्लिल गाली गरेको सुनिन्छ । 

Advertisement

Advertisement