पेट्रोलको मूल्य बढेसँगै बजारमा कृत्रिम मूल्यवृद्धि, कालाबजारी सुरु, सरकारी अनुगमन फितलो

Advertisement

काठमाडौं । कोरोना महामारी, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बहानामा अत्यावश्यक उपभोग्य वस्तुहरुमा अस्वाभाविक मूल्यवृद्धि गर्ने, कृतिम अभाव सिर्जना गर्ने, 
 कालाबजारी गर्ने क्रम बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्कुलर जारी गरेको छ । 

यस्ता वस्तुहरु लुकाई कृत्रिम अभाव सिर्जना गर्नुका साथै गुणस्तरहीन सामानहरु बजारमा बिक्री गर्न थालेको पाइएपछि जनतामा असन्तोष व्यापक हुँदै गएको बेलामा मन्त्रालयको बल्ल 
 ध्यान गएको हो । 

Advertisement

मन्त्रालयले मातहतका सम्वन्धित निकायहरुलाई जारी गरेको सर्कुलरमा बजार अनुगमन तीब्र पार्न, मूल्यवृद्धिलाई निरुत्साहन गर्न र गुणस्तर कायम गर्न निर्देशन दिएको छ । 

मुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा जेठ २४ गते बसेको केन्द्रिय अनुगमन तथा मूल्यांकन समितिको बैठकले पनि बजारमा देखिएको समस्या समाधान गर्न भन्दै विभिन्न निर्णय गरेको थियो । मन्त्रालयले नेपाल गुणस्तर तथा नापतौल विभाग, उद्योग विभाग, उपभोक्ता संरक्षण विभागलाई पठाएको पत्रमा बजार अनुगमन तीब्र पार्न, मूल्यवृद्धिलाई निरुत्साहन गर्न र गुणस्तर कायम गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताए ।

मन्त्रालयले अत्यावश्यक वस्तुहरुको आंकलन, भण्डारण तथा आपूर्ति व्यवस्था मिलाउने बताउँदै हिमाली एवं दुर्गम जिल्लामा खाद्यान्न तथा नून ढुवानीको भरपर्दो व्यवस्था मिलाउन पनि निर्देशन दिएको बताएको छ । 

मन्त्रालयले खाद्यान्नको अभाव हुन नदिन, कृत्रिम मूल्यवृद्धि हुन नदिन तथा खाद्य सामग्रीको गुणस्तर दुरुस्तपूर्ण गर्न निर्देशन दिएको र नियमित अनुगमन भइराखेको प्रवक्ता रेग्मीले बताए पनि अनियन्त्रित बन्दै गएको मूल्यवृद्धि रोक्न ठोस पहल नभएको उपभोक्ताहरुको गुनासो छ ।

बजारमा एक साता यता चिनीको मूल्य सयबाट एक सय २० रुपियाँ पुगिसकेको छ भने सोयाविन तेल प्रतिलिटर करिब तीन सय ५० रुपैयाँ पुगेको छ । पट्रोलियम पदार्थमा भइरहेको उच्च वृद्धिले बजार भाउ अझै बढ्दै जाने, कृतिम अभाव र कालाबजारी सरकारको नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएको छ । 

Advertisement

Advertisement