वायुसेवा सञ्चालक संघका अध्यक्षलाई अत्यावश्यक ऐनअन्तर्गत पक्राउ पुर्जी !

Advertisement

काठमाडौं । विभिन्न पाँच सुत्रीय माग राखी बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने घोषणा गरेसँगै वायुसेवा संचालक संघका अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिएको छ । 

नागरिक उडड्यन प्राधिकरणका अनुसार उनलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई पत्र पठाउन लागिएको हो । अन्नपूर्ण मिडियाका सञ्चालकसमेत रहेका थापाको मिडियाले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको सम्वन्धी समाचार सार्वजनिक गरेकाले पनि प्रधानमन्त्रीदेखि मन्त्रीहरु उनीदेखि रुष्ट थिए । 

Advertisement

आजै वायुसेवा सञ्चालक संघले नागरिक उड्डयन प्राधिकरणका निर्णयहरुप्रति विमति जनाउँदै भोलिबाट सबै आन्तरिक उडान ठप्प पार्ने घोषणा गरेको थियो । त्यसलगत्तै प्राधिकरणले जहाज नठाए आफूहरु चुप लागेर नबस्ने चेतावनी दिएको थियो । त्यसको केही बेरमा प्रहरीले थापालाई पक्राउ पुर्जी जारी गर्न लागिएको हो । 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भोलि उडान नगर्ने वायुसेवा कम्पनीहरुको संचालन अनुमति (एओसी) समेत खारेज गर्ने चेतावनी लिएका थिए । प्राधिकरणका अधिकारीहरुका अनुसार हवाई सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यो सेवा बन्द गर्न नमिल्ने भन्दै सेवा बन्द गर्ने निर्णय गरेकाले पक्राउ गर्न प्रहरीलाई पत्राचार गर्न लागिएको बताएका छन् । 

Advertisement

Advertisement