प्राधिकरण र वायुसेवा सञ्चालकबीच सहमतिः आन्तरिक उडान नियमितरुपमा सञ्चालन

Advertisement

काठमाडौँ । वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन् । वायुसेवा सञ्चालक सङ्घले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ । 

Advertisement

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताए । उनले भने, जहाजको बेस व्यवस्थापन निर्देशनको पालना गर्नु वायुसेवा सञ्चालकको कर्तव्य हो, अटेर गरे कानुनबमोजिम प्रस्तुत हुन्छौँ ।

मङ्गलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको  प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो ।

वायुसेवा सञ्चालकले जहाज नउडाए चुप लागेर बस्दैनौः अधिकारी, ‘टीआईए रत्नपार्क होइन्’

वायुसेवा सञ्चालक संघका अध्यक्षलाई अत्यावश्यक ऐनअन्तर्गत पक्राउ पुर्जी !

सबै आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

Advertisement

Advertisement