‘स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिए असार २० गतेबाट सेवा रोक्छौँ’

Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमाशुल्क लिने तर अस्पताललाई भुक्तानी गर्नु पर्ने रकम समयमा भुक्तानी नदिने गरेको खुलासा भएको छ । 

विराटनगरको नोबेल मेडिकल कलेज, बिर्तामोडको बिएण्डसी मेडिकल कलेज र विराट मेडिकल कलेजलाई स्वास्थ्य बीमा बोर्डले दिनु पर्ने मोटो रकम नपाएको आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

Advertisement

उक्त पत्रकार सम्मेलनमा व्यवसायी दुर्गा प्रसाईले स्वास्थ्य बीमाका प्रकृयागत झण्झट हटाई सिधै बिरामीले सेवा पाउने किसिमले यसलाई लागू गर्न जरुरी रहेको बताए । उनले बीमालाई जनताले सजायको रुपमा बुझ्ने वातावरण सिर्जना गर्न नहुने बताए । 

उनले आज भन्दा पाँच वर्ष अगाडि स्वाथ्य बीमाको सुरुवात भएको र सो बीमा कैलाली र झापाबाट सुरुवात गरिएको स्मरण गरे । उनले पूर्वाञ्चलमा रहेको नोबेल मेडिकल कलेजमा मात्रै सात लाख बीमित रहेको जानकारी दिए । त्यस्तै, रकम अन्य विराट मेडिकल कजेज र अन्य मेडिकल कलेजमा समेत रहेको जानकारी दिए । 

प्रसाईले नागरिकका लागि निकै महत्व बोकेकोे स्वास्थ्य बीमामा सरकारले सहुलियत दिन जरुरी रहेको बताएका छन् । हालसम्म सुत्केरी अवस्थाका महिलालाई दिइने सामाग्रीहरुमा समेत गुणस्तर कायम नरहेको भन्दै उनले बढ्दो महङ्गीको मार जनतामा परेको बताए ।

त्यस्तै, हवाई जहाज जस्तै अस्पतालका उपकरणहरु महङ्गो रहेको र बिरामी पर्दा जनताले समेत सास्ती भोग्नु परेको उनको भनाई छ । उनले मेडिकल कलेजहरुले पाउने पैसा समयमा नपाएमा आगामी असार २० गतेदेखि बीमा सेवा बन्द गर्ने तयारी गरिएको जानकारी दिए । स्वास्थ्य मन्त्रीले आफ्ना छोरी बुहारीको अप्रेसन र जनताको अप्रेसनलाई समान देख्दैनन तबसम्म स्वास्थ्य क्षेत्रमा सुधार आउँन समय लाग्ने उनको भनाई छ । 

नोबेल कलेजका व्यवस्थापक भीमबहादुर चन्दले आफूहरुले स्वास्थ्य बीमा बापत ५४ करोड ३८ लाख रुपियाँ लिन बाँकी रहेको बताएका छन् । वि एण्ड सी अस्पतालले समेत ४५ करोड रुपियाँ भन्दा धेरै रुपियाँ स्वास्थ्य बोर्डबाट लिन बाँकी रहेको कार्यक्रममा खुलासा गरेको हो । 

Advertisement

Advertisement