आज (असार ९)को राशिफलः तपाईंको आर्थिक तथा व्यवसायिक पक्ष कस्तो रहला ?

आज वि.सं.२०७९ साल असार महिनाको ९ गते बिहीबार, आषाढ कृष्णपक्षको दशमी तिथि ।

मेष 
अरुले पत्याउने गरि बोल्ने शक्ति आउने छ । मनमा भने अरुलाई झुक्याउन झुट बोलौँ–बोलौँ लाग्ने छ । पेशागत जीवन सकारात्मक रहने छ । आम्दानी औसत खालको रहने छ । शेयर बजार औसत रहने छ । भाग्यको साथ भएका कारण अरुको विश्वास जित्न सकिने छ । शिक्षा क्षेत्र, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, अध्ययन अध्यापन, परामर्श जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ ।

वृष 
सानो विषयमा गरिएको हाँसिमजाक महङ्गो पर्न जाने छ । आफुले गरेको सानो ख्याल ठट्टाको अवस्थालाई अरुले गम्भीर रुपमा लिइ दिँदा सम्बन्धहरुमा तिक्तता आउने छ । पेशागत जीवन भने शुभ रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । परिवारमा झैभगडाको अवस्था आउने भएकाले सतर्क रहनु होला । सार्वजनिक सवारीसाधन, ढुवानीका सवारीसाधन, औषधी ब्यापार, मेडिकल पसल, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैंसीपालनमा लागेकाहरुलाई लाभ हुने छ । 

मिथुन 
रोमाण्टिक अर्थात ख्याल ठट्टा गर्न नजान्ने कडा मिजासको स्वाभाव हुन जाने छ । जसले गर्द अरुसँग अन्तरघुलन हुन कठिन हुने छ ।  निडर स्वाभावको रुप देखा पर्ने छ । मनोबलमा बृद्धि हुँदा रिस कडा हुन जाने छ । दाम्पत्य जीवन सहज रहने छ । पेशागत जीवन औसत खालको हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । जोखिमपूर्ण क्षेत्रमा रहेकाहरुलाई लाभ मिल्ने छ । 

कर्कट
मदिराजन्य पदार्थको पियाईबाट झैझगडा र तनावको अवस्था आउने छ । साथिभाइहरुकै बीचमा पनि कटुता र द्वन्द चर्किन जाने छ । मानसिक रुपमा कमजोर अवस्थाको सामना गर्नु पर्न छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरु समय कठिन देखिन्छ । 

सिंह
मिठामिठा खानाका परिकारहरुमा मन जाने छ । मिठा मिठा खानेकुरा बनाएर साथिभाइहरुलाई खुवाउन मन लाग्ने छ । पेशात जीवन पनि सहज बन्ने छ । शेयर बजारबाट आशा गरे जस्तो लाभ मिल्ने छैन् । 
अरु क्षेत्रबाट कमाईमा बृद्धि हुने छ भने खर्च पनि निकै बढ्न जाने छ । भाग्य बलियो रहेका कारण आँटेका कुराहरु पुरा हुने छन् ।

कन्या
रसिक व्यक्तित्व बन्ने छ । घर परिवारमा पनि हाँसो ठट्टामय वातावरण बन्ने छ । परिवारको साथले गर्दा कर्मशिलता बढ्ने छ । पेशागत सकारात्मक बन्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार, वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई सकारात्मक रहने छ ।

तुला
भोज भतेरमा सहभागि हुन पाइने छ । तर स्वास्थ्यसम्बन्धी समस्याले भने च्याप्ने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरताबारे ध्यान दिनु होला । आम्दानीमा गिरावट हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । भाग्यहिनताका कारण सफलताहरु कठिन बन्ने छन् । न्याय क्षेत्र, लेखन, उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता, सञ्चार जगत, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

वृश्चिक
भविष्य प्रतिको चिन्ताले अति नै सताउने छ । शारीरिक थकान तथा रगतसम्बन्धी समस्याबारेमा सतर्क रहनु होला । पेशागत जीवन औसत रहे पनि स्वास्थ्यसम्बन्धी समस्याले धेरै गति भने लिन सक्ने छैन् । शेयर बजार प्रतिकुल बन्ने छ । घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सााग्रीहरुको कारोवार, व्युटिपार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । 

धनु 
पैसाप्रति असाध्यै आशक्ति भएको लोभि छवि देखिने छ । जसले गर्दा अरुले स्वार्थि व्यक्तित्वका रुपमा बुझ्ने छन् ।  पेशागत जीवनबाट आर्थिक लाभ हुने भए तापनि साथिभाइको विश्वास भने गुम्न पुग्ने छ । ब्यापार विजनेशमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजार औसत रहने छ । बोलीमा रुखोपन हुने हुँदा सचेत रहनु होला । प्रकाशन, पत्रकारिता, स्टेशनरी, वाणिज्य ब्यापार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ । 

मकर
सृजनशिल स्वाभाव देखिने छ तर उक्त कुरा उडन्ते जस्ता देखिने छन् । उदासिनताले सताई रहने छ । परिवारमा तनावको अवस्था रहने छ । आम्दानीमा पनि गिरावट आउने हुँदा दबाब सृजना हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । दाम्पत्य जीवनमा पनि झैझगडा हुने भएकाले विचार पुर्याउनु होला । नेतृत्व, ब्यवस्थापक, स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षिक संस्था जस्ता क्षेत्रमा आवद्धहरुलाई चुनौति देखिन्छ । 

कुम्भ 
गीत संगीतमा मन जाने छ । रसिलो बोलीले गर्दा विपतिर लिङ्गीहरु तुरुन्त आकर्षित हुन पुग्ने छन् । तर यौनका विषयमा सचेत रहनु पर्ने देखिन्छ । आम्दानीमा बृद्धि भए पनि लुगा कपडा जस्ता किनमेलमा निकै खर्च हुने छ । शेयर बजारमा लाभ मिल्ने छ । परिवारमा मधुर वातावरण रहने छ । पेशागत जीवन मध्यम खालको रहने छ । सृजनशिल क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । 

मीन
अति वैराग्यताले सताउने छ । जसले गर्दा आशावादी भन्दा निराशावादी व्यक्तित्व बन्ने छ । लक्ष्य र सपना ढिला गरि पुरा हुन जाने छन् । पेशागत जीवनमा धेरै जोखिम नलिनु होला । शेयर बजार प्रतिकुल रुपमा गुज्रने छ । जीवनसाथिको दरिलो साथले निकै मद्धत मिल्ने छ । परिवारमा सुमधुर वातावरण हुने छ । भाग्यहिनताका कारण जे बोले पनि अपजस आउने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)