आमाले सानो सानो बचत गरेको रकमबाट छोरी ज्वाईंलाई विवाहमा बीमा पोलिसि उपहार

Advertisement

काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुने भएकाले कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो बचत गरेको रकम छोरी ज्वाईंलाई उपहारस्वरुप जीवन बीमा गरिदिएकी छिन् । 

उनले जीवनमा आइपर्नसक्ने जोखिम बहन गर्न र बचत पनि होस भन्दै छोरी पुजा रेग्मी र ज्वाईं सुझाब आचार्यको बीमा गरिदिएकी हुन् ।

Advertisement

सूर्या लाइफ कम्पनीको कुश्मा शाखाबाट उक्त बीमा भएको कम्पनीले जनाएको छ। उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख यज्ञबहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरेका हुन् । 

सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले आर्थिक समस्याको भार न्यून गर्ने तथा जोखिम बहन पनि हुने भएकाले बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी छिन् ।

आमाबाट उपहार पाएपछि जीवन बीमा सहयोगी हुने भएकाले बीमाको महत्व बुझ्दै सबैले बीमा गर्न अग्रसरता देखाउनुपर्ने बीमित रेग्मीले बताएकी छिन् । विवाहमा उपस्थित जन्ती लगायत अन्य सबैले यो राम्रो थालनी भएको बताएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

Advertisement