टिसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड बन्न सफल

Advertisement

काठमाडौँ । नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्डलाई ओम्दिया ग्लोबल टिभी डिजाईन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले टिसीएल  ग्लोबल नम्बर १ एण्ड्रोइड टिभी ब्रान्ड प्रमाणित गरेको छ। 

टिसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरीय उत्पादनले प्रख्यात भएको छ ।

Advertisement

ओम्दिया ग्लोबल टिभी डिजाईन एण्ड फिचर्स ट्र्याकर रिपोर्टका अनुसार गत बर्ष सन २०२१ मा १८करोड ९०लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो । त्यस मध्य ७करोड ३२लाख वटा एण्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएको थिए, जसको २०.७ प्रतिशत टिभी अर्थात १ करोड ५१ लाख वटा टिसीएलको टिभीको सिपमेन्ट भएको थियो, जसले टिसीएललाई मार्केट शेयरको आधारमा ग्लोबल नम्बर १ एण्ड्रोइड स्मार्ट टिभी ब्रान्ड बनाएको छ ।

टिसीएल ब्राण्डले नेपाली बजारमा छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल भएको छ । ३२ देखि ७५ ईन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके,फोरके यूएचडि, कर्भड स्मार्ट का साथै गुगल टिभी पनि भित्र्याएको छ । ग्राहकहरुको उच्च रोजाई बन्न सफल भएको टिसीएल ब्राण्डले आफ्ना टि।भीहरुमा ३ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

नेपालमा टिसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सको इओएलमार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ । 

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । 

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।  
 

Advertisement

Advertisement