सुनको मूल्य बढ्दा चाँदीको घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । बिहिबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९७ हजार र चाँदी प्रतितोला १ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ उतारचढाव आइरहेकाले त्यसको प्रभाव नेपालमा पनि परिरहेको छ । 

Advertisement

Advertisement