खप्तड लघुवित्तको शेयर रजिष्टारमा मेगा क्यापिटल नियुक्त

Advertisement

काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था तथा मेगा क्यापिटल मार्केट्सबीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता भएको छ । 

खप्तड लघुवित्त सर्वसाधारणलाई १,३२,०००/- कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ । 

Advertisement

उक्त निष्काशन बाँडफाँट पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/ रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस शेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटललाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।

बुधवार मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच सम्झौता पत्र हस्ताक्षर भएको छ । 

उक्त सम्झौता पत्रमा खप्तड लघुवित्तमन प्रमुख कार्यकारी अधिकृत सुरेश हादुर बमले तथा मेगा क्यपिटलका प्रमुख कार्यकारी अधिकृतसवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सो कार्यक्रममा खप्तड लघुवित्तका सञ्चालक रणदेव ृष्ण श्रेष्ठ र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिती थियो ।
 

Advertisement

Advertisement