स्नातकोत्तर तहका विद्यार्थीद्धारा चुलु हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । नेपाल माउन्टेन एकेडेमीका स्नातकोत्तर तहका विद्यार्थीले चुलु हिमालको सफल आरोहण गरि उच्च स्थानमा अध्ययन, अनुसन्धान सम्बन्धि रेकर्ड कायम गरेका छन् ।

प्रशिक्षक माउन्टेन गाइड छिरिङ जाङबु शेर्पाका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको सम्बन्धनमा सञ्चालित मास्टर्स अफ एडभेञ्चर टुरिजम स्टडिज (म्याट्स) को पहिलो व्याचका विद्यार्थीहरूले तेस्रो सेमेस्टरमा समावेश ६ हजार मिटरको हिमालको एकेडेमिक फिल्ड रिसर्च अन्तर्गत मनाङ जिल्लामा रहेको चुलु हिमालको असार ७ गते १६ जना विद्यार्थी, प्रशिक्षक, एकेडेमिक सुपरभाइजर सहित २१ जनाले एकैसाथ सफल आरोहण गरि किर्तिमान कायम गरेका छन्। 

Advertisement

विश्वविद्यालयबाट स्वीकृत पाठ्यक्रममा नै समावेश भई म्याट्सका विद्यार्थीहरू हिमाल आरोहण सहितको फिल्ड रिसर्चका लागि गत जेठ २९ गते त्यसतर्फ प्रस्थान गरी क्लाइम्बिङ गाइडहरूले असार ६ गते हिमालमा बाटो खोली फिक्स रोप लगाइ असार ७ गते मंगलबार बिहान ९ बजेर १५ मिनेटमा उक्त हिमालको सफल आरोहण गरेका माउन्टेन गाइड छिरिङ जाङबु शेर्पाले जानकारी दिए। आरोहण बारे सुनाउँर्दै माउन्टेन गाइड छिरिङ जाङबु शेर्पाले भने, ‘आरोहणका क्रममा हामीले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई हिमाल आरोहण सम्बन्धि कला, सामाग्रीको प्रयोग, हिउँ सम्बन्धि जानकारी, फिक्स रोपको प्रयोग र टाँङने तरिका, हिउँ पहिरो, हिमालमा देखिने कृभास र यसबाट वच्ने तरिकाको जानकारी दिदै चुलु हिमाल आरोहण गराई फिल्ड अव्जरवेशन पनि गरायौं।’ साथै, विद्यार्थीहरुले आरोहणका क्रममा तथ्यांक समेत संकलन गरेका माउन्टेन गाइड शेर्पाले सुनाए ।

विश्वमै पहिलो पटक हिमाल आरोहण सहितको फिल्ड रिसर्चको एक्पिडिसन मेनेजमेन्ट अल्पाइन शेर्पा गाइड ट्रेक्स एण्ड एक्पिडिसनले गरेको माउन्टेन गाइड शेर्पाले बताए। 

यस आरोहण दलमा २३ जना विद्यार्थी, एकेडेमीका निर्देशक उत्तमबाबु भट्टराई, प्रमुख प्रशिक्षक माउन्टेन गाइड छिरिङ जाङबु शेर्पा, प्रशिक्षक माउन्टेन गाइड आशिष गुरूङ, एकेडेमिक सुपरभाइजर एवम् एक्पिडिसन डाक्टर वेरोज्ड मोगादशी हुनुहुन्छ। क्लाइम्बिङ गाइडहरूमा फुर्वा ग्याल्जाङ शेर्पा, साङ्गे शेर्पा, हेड कुक शान्ती बहादुर गुरूङ, सहायक कुक निमा साङ्गे शेर्पा, लाक्पा तेन्जी शेर्पा र लाक्पा सोनाम शेर्पा थिए।
 

Advertisement

Advertisement