एमसीसीमा मैले राष्ट्रघात हुन दिइन्, तर एसपीपीमा ओलीले राष्ट्रघात गरेः प्रचण्ड

Advertisement

ललितपुर । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकृत गर्ने काम केपी नेतृत्वको तत्कालीन सरकारले नै गरेको घाम जत्तिकै छर्लङ भएको दावी गरेका छन् । 

बिहीबार माओवादीबाट स्थानीय निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले सन् २०१५ मा केपी ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको बेला सो प्रोग्राम अघि बढेको र २०१९ सालमा त्यसमा ओली नेतृत्वको सरकारले नै त्यसमा सहमती गरेको पत्र भेटिएको बताए । 

Advertisement

ओली नै एसपीपीमा जिम्मेवार देखिएको भन्दै प्रचण्डले सो राष्ट्रघाती प्रोग्राम ओली नेतृत्वको तत्कालीन सरकारले नै अघि बढाएको पत्र आफूले भेटेको जिकिर समेत गरे । तर ओली गुटले सत्तारुढ गठबन्धनले सो प्रोग्राम अघि बढाएजसरी प्रचार गरेर झूट र बेईमानी गरेको उनको आरोप थियो । 

प्रचण्डले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पठाएको सो सम्बन्धि पत्रमा रक्षामन्त्रीको निर्देशन अनुसार भन्ने उल्लेख गरिएबाट पनि सो पत्रमा तत्कालीन प्रधानमन्त्री एवम् रक्षामन्त्री ओली संलग्न भएको पुष्टि हुने तर्क गरे । 

उनले एमसीसी सम्झौंतामा राष्ट्रघात हुन नदिन आफूले नै संसदबाट त्यसमा १२ बुँदे घोषणा गराएको तर्क गर्दै एसपीपीमा भने ओलीले राष्ट्रघात गरेको बताए । प्रचण्डले स्थानीय निर्वाचनमा लोकप्रिय उम्मेदवार नभएकै कारण कतिपय ठाउँमा हार व्यहोर्नु परेको पनि अबको लोकप्रिय उम्मेदवार चयन गरेर जाने बताए । 
 

Advertisement

Advertisement