शेयर बजार दिनदिनै ओरालो झर्दैः एक अर्ब ४९ करोडको कारोबार हुँदा कुमारी बैंकको सबैभन्दा बढी

Advertisement

काठमाडौँ । शेयर बजार आज पनि उच्च अंकले घटेको छ । दिनदिनै बजार ओरालो झर्दा लगानीकर्ताहरुमा निराशा छाएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४५.२५ अंकले घटेको हो । २.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४८.२८ अंकमा झरेको छ । 

Advertisement

आज २३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६ सय ३५ रुपियाँ बराबरको कारोबार भएको हो । नेप्से तल झरे पनि हिजोको तुलनामा कारोबार रकम भने ६५ करोड ६० लाख रुपियाँ बढेको छ । 

बजार घटेको दिन सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीबन बीमा समूह २१८.०५ अंकले घटेको हो ।

 

नेप्सेका अनुसार आज २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधीखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुे १० र ९.९९ प्रतिशतले नाफा कमाएका हुन् । त्यसैगरी २ कम्पनीकै शेयर मूल्यमा नेटेटिभ सर्किट लागेको छ । शिव श्री हाइड्रो र लिवर्टी इनर्जी कम्पनीको लगानीकर्ताले क्रमशः ९.५६ र ९.२१ प्रतिशतले घाटा व्यहोरेका हुन् । 

नेप्सेका अनुसार आज कुमारी, लक्ष्मी बैंक र नबिल बैंकको उच्च कारोबार भएको छ । कुमारी बैंकको ९ करोड ५३ लाख १२ हजार ५ सय १०.१० रुपियाँ, लक्ष्मी बैंकको ६ करोड ३६ लाख ८५ हजार ३ सय ७५.५० रुपियाँ र नबिल बैंकको ५ करोड ५३ लाख ६९ हजार ६ सय ८४.७० रुपियाँ बराबरको कारोबार भएको हो ।

साताको पहिलो दिन आइतबार ३७.२७ अंकले बजार घट्दा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २ सय ९२ रुपियाँ, सोमबार ४९.३१ अंकले बजार तल झर्दा १ अर्ब ७५ करोड ६ लाख १ सय ७१ रुपियाँ, मंगलबार भने ३७.४९ अंकले बजार बढ्दा १ अर्ब २३ करोड ८५ लाख १८ हजार २ सय १ रुपियाँ र हिजो बुधबार ३१.२१ अंकले बजार घट्दा ८४ करोड ३७ लाख ७३ हजार ४ सय ५९ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

 
 

Advertisement

Advertisement