सान्जेन जलविद्युत कम्पनीले ३६ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौँ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले ३६ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि प्रतिशेयर रु. १००/- अंकित मूल्यका आईपीओ निष्काशनका लागि स्वीकृति प्रदान गरिएको नेपाल धितोपत्र बोर्ड (सेबोन) का कामु निर्देशक शंकरप्रसाद रिमालले जनाएका छन् । 

Advertisement

आईपीओ निष्काशनका लागि नागरिक लगानी कोया बिक्री प्रबन्धक र सनराइज क्यापिटल तथा एनएमबि क्यापिटल सह बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Advertisement

Advertisement