देउवाले बहानाबाजी गरेर आफ्नो पार्टीका मन्त्रीहरु हेरफेर नगरेको नेकपा एसको ठहर

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को सचिवालय बैठकमा पार्टीका नेताहरुले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाव दिएका छन् । बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रिय सविचवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधव नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाव दिएका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सो पार्टीका उपमहासचिव गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रवार हुने पोलिटब्यूरो, शनिवार हुने केन्द्रिय कमिटी र असार १३ र १४ गते हुने केन्द्रिय परिषद्कोको बैठकका एजेण्डाका बारेमा छलफल गरेको बताए । उनले उक्त बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको बताए । 

Advertisement

तुलाधरले भने, नेताहरुले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटो भन्दा छिटो मन्त्रिमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्छ भन्ने कुराहरु भएका छन् । गठबन्धनको गन्तव्य अझै नसकिएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कायम गरेर जानुपर्छ भन्ने कुरा भयो ।’

उनले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरुले त्यसले पार्टीका कार्यकर्ताहरुमा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताए । 
 

Advertisement

Advertisement