सगरमाथाको आधार शिविर सार्ने तयारी, आरोहीदेखि व्यवसायीको आपत्ति

Advertisement

काठमाडौं । नेपाल पर्यटन विभागले सगरमाथा आधार शिविर सार्ने तयारी गरेको छ । त्यसका लागि छलफलसमेत भइरहेको विभागले जानकारी दिएको छ । विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले ग्लोबल वार्मिङ र मानव गतिविधिले सगरमाथा आधार शिविरलाई असुरक्षित बनाएकाले आधार शिविर सार्न छलफल भइरहेको बताए । 

जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र मानव गतिविधि लगायतका कारण हिमाली क्षेत्रमा पग्लिँदै जाने क्रम बढेकोले सगरमाथा आधार शिविरलाई अहिले भएको ठाउँभन्दा दुई सयदेखि चार सय मिटर तल सार्ने योजना बनाइएको छ । उपाध्यायले आधार शिविर सार्ने विषयमा समिति गठन गर्ने पनि बताए । 

Advertisement

विभागको उक्त योजनाप्रति आरोही, माउन्टेन गाइड, एक्स्पेडिशन कम्पनी, नेपाल पर्वतारोहण संघलगायतले आपत्ति जनाएका छन् । २०७८–७९ को आर्थिक सर्वेक्षण अनुसार ६३ करोडभन्दा बढी रकम रोयल्टी हिमाल आरोहणबाट सरकारले संकलन गरेको छ । 

पर्यटकीय क्षेत्रको आम्दानीमा हिमाल आरोहणले ठूलो टेवा पुर्याउँदै भन्दै आरोही तथा व्यवसायीले पर्यटक तान्ने र राजस्वको महत्वपूर्ण माध्यम बनेको हिमालका बारेमा निर्णय गर्दा हचुवाको भरमा गर्नु नहुने बताउँछन् । 

कीर्तिमानी आरोही तथा माउन्टन गाइड कामिरिता शेर्पाले आधार शिविर सार्दा हिउँ नपग्लिने र आधार शिविर अहिलेक ठाउँमा राख्दा धेरै पग्लिने होइन होइन् भन्दै आधार शिविर जहाँ राखे पनि कुरा एउटै भएको बताए । 

कपोरेट नेपालसँग कुरा गर्दै उनले  भने, ‘तीन वर्षयता हिमालहरु सफा भएका छन् । पहिला–पहिला सरकारको नीति नै नभएका कारण फोहोर थुप्रिएको हो। फोहोर जति हिमालमा नै छाडिन्थ्यो भने बेसक्याम्पमा जलाउने पनि गरिन्थ्यो । तर  अहिले त्यस्तो छैन् ।’ 

आधार शिविरमा फोहोर गर्न नपाउने अनि फोहोर लिएर आउनुपर्ने नियमले गर्दा पहिलाभन्दा अलिक सफा भएको शेर्पाको भनाइ छ। अहिले निकालिएको फोहोर ७०–८० वर्षअघिको भएको उनले बताए । 

पहिला पहिला सगरमाथा हिमाल नजिकको घरहरुमा झ्यालहरु सानो सानो हुने, ऐना नहाल्ने गरेकोमा अहिले सबै घरमा जस्ता हाल्ने, ऐनाहरु हाल्ने, त्यसमा घाम लागेपछि प्रतिबिम्बित भएर हिमालहरु बढि पग्लिने गरेको शेर्पाको विश्लेषण छ । 

उनले थपे, ‘पहिला पहिला हो भने गाडीहरु हिमालको नजिक गुर्दैन थियो । तर अहिले गाडीहरु पनि हिमालको नजिक नै गुड्न थाल्यो जसका कारण प्रदुषण बढे्को हो । बेस क्याम्प अहिले जहाँ छ, त्यही राख्नु पर्छ ।’ बेस क्याम्प दुई सय मिटर तल सार्ने बितिकै, अहिले रहेको बेस क्याम्पमा के हुन्छ ? भन्दै शेर्पाले अहिले रहेको ठाउँमा फेरि अर्को क्याम्प राख्नु पर्ने हुन्छ, जसले गर्दा बेस क्याम्प सारेको अर्थ नै हुँदैन् भने । 

शेर्पाले अहिलेको बेस क्याम्पबाट विदेशी आरोहीहरु क्याम्प १ मा गएर बेस क्याम्प फकिन दुःख हुने गरेको सुनाए । उनले थपे, ‘त्यस्तो गर्यो भने आरोहीहरु चढ्न पनि सक्दैन् । त्यसरी चढ्ने हो भन्ने पर्यटन विभागले नै जोखिम लिर्नुपर्यो । बेस क्याम्प सार्दा सबै क्याम्पहरु पनि सार्नुपर्यो । बेस क्याम्प सारेर मात्र हुन्न् । बेस क्याम्प सार्ने बितिकै क्याम्प १ पनि सार्नु पर्छ, त्यस्तो, गर्दा खुम्बु आइस फलमा पर्छ। फोहोर जहाँ पनि छ, । अहिले बेस क्याम्पमा फोहोर राख्न र फोहोर गर्न पनि पाउँदैन् ।’ बेस क्याम्पलाई मात्रलाई सोचेर हुन्न, त्यसले गर्दा क्याम्प १, २ डुपर्छ, बेस क्याम्प मात्र सोचेर हुन्न, क्याम्प ४ सम्मको लागि सरकारले सोच्नुपर्नेमा उनले जोड दिएका छन्। शेपाका अनुसार विभागले सम्बन्धित पर्वतारोहण क्षेत्रमा आवद्ध व्यक्तिहरुसंग बैठक बसेर यसको उपाए निकाल्नु पर्छ।

हिमाल पग्लन रोक्न बेस क्याम्प सारेर मात्रै हुन्न् भन्दै शेर्पाले यसले गर्दा भविष्यमा हाम्रो नेपालमा आउने विदेशी पर्यटकको संख्या घट्नु सक्ने बताए । उनले थपे, ‘बेस क्याम्प तल सार्यो भने विदेशी आरोहीहरु हिड्न सक्दैन् । विदेशीहरु मात्र नभएर शर्पाहरुले पनि क्याम्प १ माथि भारी पुर्याउन सक्दैन्।’ त्यत्तिकै भारी बोक्ने हिड्न शेर्पाहरुलाई गाह्रो हुन्छ ।’ 

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष सन्तवीर लामाले पनि सगरमाथा आधार शिविर सार्ने तयारीप्रति असन्तुष्टी जनाए । बेस क्याम्प सुरक्षित नभए अग्लो वा पल्लो ठाउँमा सार्नु स्वभाविक हो भन्दै उनले भने,  ‘बेस क्याम्प नै सार्नलाई एभरेष्ट नै सार्नुपर्यो तेसो भए । कुनै पनि आधार शिविर यताउता सार्नु भनेको हिउँ पग्लिएर खतरा नै भयो भने सार्ने हो । अहिले त्यो स्थिति होइन् ।’ 

पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाले सगरमाथाको आधार शिविर तल सारे क्याम्प १ पुग्न समय लाग्ने र क्याम्प पनि लामो हुने बताए । उनले भने, ‘यसका कारण बेस क्याम्पबाट क्याम्प १ पुग्न समस्या हुन्छ । हिड्न सक्ने विदेशी आरोहीहरु भएत बेस क्याम्पबाट मार्थि चढ्न सक्ला । चढ्न नसक्नेलाई बिचमा क्याम्प थप्नु पर्ला फेरि ।’ 

शेर्पाले त्यस्तो अवस्थामा क्याम्प फेरि खुम्बु आइसफल तिर राख्नुपर्ने हुन्छ जुन मिल्दैन भन्दै आधार शिविर सार्ने कुराले धेरै समस्या आउने बताए । बेस क्याम्प सार्नुभन्दा सरसफाइमा ध्यान दिँदा राम्रो हुने उनको सुझाव छ । 

शेर्पाले भने, ‘सरकारले हिमाल आरोहणबाट रोयल्टी उठाउँछ अनि लेजेन्ट अफिसर पठाउँछ । लेजेन्ट अफिसरलाई समेत हामी कम्पनीहरुले पैसा खर्च दिनुपर्छ। त्यो त राम्रो कुरा भएन् । त्यसको सबै खर्च कम्पनीले नै व्यहोर्नुपर्छ । हामीलाई पनि गाह्रो छ । सरकारले यस्तो कुराहरु बुझ्नुपर्छ ।’

नेपाल पर्यटन विभागले के गर्दा ठिक हुन्छ ?
सरोकारवालाको सुझावअनुसार नेपालका हिमालहरुमा पनि विदेशी तरिकाले शौचालय बनाउन सकिन्छ । पाकिस्तानमा सौर्य उर्जाले ड्रममा दिसा सुक्खा गर्ने प्रविधि अपनाइन्छ । नेपालले पनि यस्तो प्रविधि विकास गर्न नसक्ने होइन् । यसले नेपालको हिमालहरु प्रदुषण हुनबाट केही हदसम्म सहयोग हुन्छ । 

तर सरकारले अहिलेसम्म आधार शिविरमा एउटा सार्वजनिक शौचालय बनाउन सकेको छैन् । विदेशतिर वाइट प्याकेट (दिशा राख्ने प्लाष्टिकको झोला जसमा एक हप्तासम्म दिसा गनाउँदैन) माथि क्याम्प १, २ जाने आरोहीहरुलाई दिन सक्यो भन्ने हिमालमा प्रदुषण हुनबाट रोक्छ । नेपालमा सरकारले आरोहीसँग पैसा लिन्छ । तर हिमाल र आरोहीलाई कुनै सहयोग गर्न चासो दिँदैन् । 

Advertisement

Advertisement