प्रभु बैंकका ग्राहकहरुलाई नेशनल प्याथ ल्याबमा १० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । प्रभु बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रालिबीच नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रालिमा आकर्षक छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौतामा बैंकका तर्फबाट खैरेनी शाखा कार्यालयका प्रमुखसरोज ज्ञवाली र नेशनल प्याथ ल्याबका तर्फबाट अध्यक्ष रुद्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

Advertisement

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले नेशनल प्याथ ल्याबद्वारा सबै शाखाबाट दिइने सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । 

यस नेशनल प्याथ ल्याबका शाखाहरु बुटवल, भैरहवा, तम्घास, सन्धिखर्क, तुलसीपुर, काठमाण्डौ, घोराही, धनगढीमा रहेको छ ।
 

Advertisement

Advertisement