आज (असार १०)को राशिफलः तपाईंको आर्थिक व्यवसाथिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल असार महिनाको १० गते शुक्रबार, आषाढ कृष्णपक्षको एकादशी तिथि । आज योगिनी एकादशी रहेको छ ।

मेष
भाग्य बलियो साथ छ । दृढ प्रकृतिको ब्यक्तित्व हुने छ । समय सकारात्मक रहेको छ । पेशागत र ब्यावसायिक जीवनमा अनुकुलता रहने छ । लिएका लक्ष्य प्राप्त हुने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । शौखिन क्षेत्रका व्यवसायमा संलग्नहरुलाई नाफाको मात्रामा बृद्धि हुने छ । शेयर बजारबाट भने आशागरे जस्तो फाइदा मिल्ने छैन् ।

Advertisement

वृष 
आम्दानीमा केही बृद्धि हुने छ । पारिवारका सदस्यहरुले प्रशंसा गर्ने छन् । मेहनति र पराक्रमी भाव मनमा आउने छ जसले गर्दा कार्य सफलता प्रदान गर्ने छ । शान्त स्वाभावको ब्यक्तित्व हुने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा केही समस्याहरुका मात्रा देखा पर्ने भएकाले संयम भने रहनु पर्ने देखिन्छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

मिथुन 
समय प्रतिकुल रहेको छ । मनमा दुविधाको मात्र बढ्ने छ । सुख सुविधामा कमि आउने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा आफूप्रतिको विश्वास र भरोसामा कमि आउने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द र बिबाद देखा पर्न पुग्ने छन् । कार्यालयमा समकक्षी तथा कर्मचारीहरुसँग कटुता बढ्ने छ । शेयर बजार प्रतिकुल रहने छ । 

कर्कट
बाहिरबाट हेर्दा मनोबल दृढ रहने छ । तर आन्तरिक मनमा भने दुविधात्मक अवस्था विद्यमान रहने हुँदा कार्य सम्पादनमा जोश तथा जाँगरको कमि हुन जाने छ । शरीरमा कमजोरीहरु देखा पर्ने छ । साझेदारीका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । घर जग्गाको कारोवारमा संलग्नहरुका लागि समय अनुकुल रहने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

सिंह
सुरताले भरिएको व्यक्तित्व हुने छ भने नेतृत्व गर्ने क्षमतामा पनि बृद्धि हुने छ । बोलीको प्रभाव बढ्ने छ । तर झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने चुनौति भएकाले सतर्क रहनु नै उपयुक्त हुने छ । परिवारमा अशान्तिको वातावरण हुँदा तनावको अवस्था आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कन्या
नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले यसबारेमा सतर्क रहनु होला । पेशागत जीवन धेरै सकारात्मक नभए पनि निराशाजनक पनि रहने छैन् । भाग्यहिनताको अनुभुतिले मनमा सताउने छ । रोजगारी तथा ब्यावसायमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शेयर बजार अनुकुल बन्न सक्ने छैन् ।

तुला 
दृढताले भरिएको व्यक्तित्व हुने छ । कडा र रिसाहापनामा पनि बृद्धि हुने भएकाले संयम रहनु होला । पारीवारिक सदस्यहरु बीच मिलन हुने छ । आम्दानी गर्छु भनि राखिएका लक्ष्यहरु पुरा नहुने भएकाले व्यावहारिक लक्ष्य लिनु ठीक देखिन्छ । कुटनीतिक क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

वृश्चिक
अरुको विश्वास सहजै जित्न सकिने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा देखिएका बिबादका क्रम समाधानतर्फ जाने छन् । मनमा दुविधाको क्रम भने केही रही रहने छ । मनमा आउने दुविधाले निर्णय क्षमतामा केही कमि ल्याउने छ । शेयर क्षेत्र मध्यम प्रकृतिको हुने छ । 

धनु 
समय प्रतिकुल छ । मनमा दुविधाका क्रम धेरै देखा पर्न जाँदा निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवन औसत रहने छ । परिवारका सदस्यहरुका बीच तानातान र अशान्तिको वातावरण उत्पन्न हुन जाने छ । भाग्यहिनताको अनुभुतिले गर्दा उत्साह र उमङ्गमा कमि आउने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

मकर 
उच्च मनोबलको ब्यक्तित्व हुने छ । भाग्यको बलियो साथ रहेकाले सफलताहरु प्राप्त हुने छन् । पैतृक सम्पत्तिका विषयमा परिवारमा विवाद उत्पन्न हुने भए पनि त्यो समाधानतर्फ जाने छ ।  जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा आम्दानीमा बृद्धि हुने छ, राखेका लक्ष्यहरु पुरा हुने छन् । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ । 

कुम्भ 
प्रभावशाली ब्यक्तित्व हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा उच्चस्तरका मानिसहरुको विश्वास आर्जन गर्दा सफलता प्राप्त हुने छ । पेशागत तथा ब्यावसायिक क्षेत्रमा नयाँ आयाम थपिने छ । भाग्यको बलियो साथ रहेको छ । शैक्षिक र बौद्धिक क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट भने फाइदा मिल्ने छैन् ।

मीन
भाग्यको बलियो छ । भित्रि बुद्धि पनि सक्रिय हुने भएकाले कार्य सफलता मिल्ने छ । परिवारको साथ रहने हुनाले कठिनाईका क्षणहरुमा आड भरोषा प्राप्त हुने छ । तर पेशागत जीवनमा अवरोध तथा बिबादहरु देखा पर्ने भएकाले धैर्य भएर निर्णयहरु लिनु होला । साझेदारीमा गरिएका कामहरुमा सोचे जस्तो सहजता हुने छैन् । शेयर क्षेत्रबाट आंशिक सफलता प्राप्त हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement