Advertisement

Advertisement

Advertisement

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने भएका छन् । ती कम्पनीहरुले सकेसम्म आज शुक्रबार नै नभए अर्को साताभित्र मर्जर सम्झौताको तयारी गरेका छन् । 

बीमा समितिले पुँजी वृद्धि बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरुलाई मर्जरको दबाब बढेको हो । सोही क्रममा यसअघि दुई वटा सम्झौता भइसकेको छ्न् । 

Advertisement

केही दिनअघि प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले मर्जर सम्झौता गरेका थिए भने त्योभन्दा अघि हिमालन जनरल र एभरेष्ट इन्योरेन्सले मर्जर सम्झौता गरेका थिए । जीवन बीमा कम्पनीहरुले चुक्ता पुँजी अब पाँच अर्ब पुर्याउनुपर्ने बाध्यता छ । 

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक विवेक झाले आफूहरुले मर्जरमा जान तयार रहेको र सम्झौता गर्न मात्रै बाँकी हुने गरी काम गरिरहेको बताए । उनले अहिले मर्जरको लागि सबै कम्पनीहरु तयार भएको अवस्थामा बीमा कम्पनीहरुबीच सहमति जुट्ने बित्तिकै मर्जरमा गइहाल्ने बताए । 

Advertisement

Advertisement

Advertisement