अफगानिस्तानका भूकम्पपीडितहरु खाना र आश्रयविहीन

Advertisement

शरण, अफगानिस्तान । अफगानिस्तानमा दुई दशक भन्दा बढी समयपछि आएको शक्तिशाली भूकम्पबाट बाँचेका धेरै व्यक्तिहरू 

भीषण वर्षापछि आएको बाढीको कारण पीडालाई अझै बढाएको छ । बाढीको कारण भएको बाधाले राहत कार्यकर्ताहरू पुग्नको लागि कठीन भएको र  भूकम्प प्रभावित गाउँहरूमा मानिसहरु पर्खिरहेका बताइएको छ । 

Advertisement

गत बुधबारको आएको ५.९ म्याग्निच्युडको भूकम्पले पाकिस्तानसँगको सीमावर्ती क्षेत्रमा सबैभन्दा ठूलो धक्का पुर्याएको र यसमा परी एक हजार  भन्दा बढीको मृत्यु  भएको छ । हजारौं व्यक्ति घरवारबिहिन भएका छन् । 

भूकम्पले सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा सम्पूर्ण गाउँहरू समतल भएका छन्  । यहाँ बाँचेकाहरूले भने कि उनीहरू आफ्ना मृतकहरूलाई गाड्नका लागि उपकरणहरू खोज्न पनि संघर्ष गरिरहेका बताइएको छ । 

‘त्यहाँ कुनै कम्बल, त्रिपाल छैन, त्यहाँ कुनै आश्रय छैन । हाम्रो सम्पूर्ण पानी वितरण प्रणाली ध्वस्त भएको छ । त्यहाँ शाब्दिक रूपमा खानेकुरा केही छैन,’ २१ वर्षीय जैतुल्लाह गुर्जिवालले कडा प्रभावित पक्तिका प्रान्तको आफ्नो गाउँमा पुगेको एएफपी टोलीलाई भनेका छन्।

प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हुजैफाले भारी वर्षा र बाढीका कारण प्रभावित क्षेत्रसम्म पुग्ने प्रयासमा बाधा पुगेको बताए ।भूकम्पले मोबाइल फोनका टावर र बिजुलीका लाइनहरु ढलेपछि सञ्चारमा समेत असर परेको छ ।

भूकम्पले पहिल्यै भारी वर्षाको प्रभावबाट ग्रस्त क्षेत्रहरूलाई प्रभावित गरेको थियो , चट्टान र माटोको कारणले गर्दा पहाडको भिरालोमा अनिश्चित रूपमा बसेका बस्तीहरू सखाप भएको छ । 

पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग
यता, अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिए । 

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिनुभएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्पपीडितहरुलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् ।

राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले यहाँका भूकम्प पीडितहरुका लागि आवश्यक लत्ता कपडा उपलब्ध गराएको बताइएको छ ।

त्यसैगरी विश्व खाद्य कार्यक्रमले खाद्यान्न तथा विश्व स्वास्थ्य सङ्गठनले पीडित तथा घाइतेहरुका लागि आवश्यक औषधिको प्रबन्ध गरिरहेको पनि प्रवक्ता डुजारिकले जानकारी दिनुभयो ।

अन्य विदेशी निकाय तथा पाकिस्तानले पनि यहाँका पीडितहरुका लागि टेन्ट, लत्ताकपडा, खाद्यान्न र औषधि सहयोग गरिरहेका बताइएको छ ।  

अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको ६।१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी एक हजार जना भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ व्यक्ति प्रभावित भएका छन् ।  

भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार विहान १.३० बजेतिर भूकम्प आएको हो ।घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरुको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौँ उद्धारकर्ता पनि परिचालित छन् ।  

तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पिडीतहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । रासस/एएफपी

Advertisement

Advertisement