श्रीलंकन एयरलाइन्स र थाई स्माइलले पाए सातामा सातै दिन उडान भर्ने अनुमति

Advertisement

काठमाडौं। श्रीलंकन एयरलाइन्स र थाई स्माइल एयरवेजले हप्तामा सातै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने अनुमति पाएका छन् । 

श्रीलंकन एयरलाइन्सले आगामी आसार २२ (जुलाइ ६)बाट र थाई स्माइलले असार १७ (जुलाई १)बाट उडान गर्ने अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगतनाथ निरौलाले बताए । 

Advertisement

उनले विभिन्न मुलुकमा जाने यात्रुको संख्या वृद्धि भएकाले उडान अनुमति थप गरिएको बताए । हाल श्रीलंकन एयरलाइन्सले हप्तामा आइतबार, सोमबार, मंगलबार र बिहीबार गरी नियमित चार उडान गर्दै आइरहेको छ । 

Advertisement

Advertisement