नेपाली बीमितको मृत्युदर अद्यावधिक गर्ने तयारी

Advertisement

काठमाडौं । नेपाली बीमितको मृत्यु दर अद्यावधिक गर्ने तयारी गरेको छ । बीमा समितिले यस विषयमा सरोकारवालालाई बोलाएर छलफल पनि सुरु गरेको छ । 

२०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका अद्यावधिक गर्नु जरुरी रहेको भन्दै समितिका अध्यक्ष सूर्य सिलवालले यसलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक रहेको बताए । 

Advertisement

उनले बीमाप्रतिको विश्वास बढाउँदै बीमा व्यवसायलाई विस्तार गर्न र बीमितको हितको रक्षा गर्न पनि यस्ता अध्ययनहरु आवश्यक रहेको बताए । 

समितिकी निर्देशक पूजन ढुङ्गेलले नेपाली बीमितको मृत्युदर तालिकालाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले यससम्बन्धी प्रारम्भिक अध्ययन आवश्यक रहेको बताइन् । 

जीवन बीमक संघका उपाध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले बीमितको मृत्युदर तालिका, बीमाशुल्क दर निर्धारण गर्ने कुरा समय सापेक्ष बनाउन जरुरी रहेको बताए । 

समितिले हाल बीमा मृत्युदर कति कायम हुँदै आएको हो ? अब घटाउनुपर्ने हो वा बढाउनुपर्ने हो ? सो भने खुलाएको छैन् । 

Advertisement

Advertisement